राजविराज, २८ असोज। सप्तरीमा वुधवार एक जना वडा अध्यक्ष सहित ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज नगरपालिका ८ का वडाध्यक्ष जयनारायण मण्डललाई संक्रमण पुष्टि भएको वडा सदस्य मोहन कुमार यादवले वताए । उनीसहित राजविराजका ३ पुरुष र राजगढ गाउँपालिकाका १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसहित जिल्लामा कोरोना संक्रमितको संख्या १४ सय ५६ पुगेको छ। जसमध्ये ३ महिलासहित २२ जनाको मृत्यु भएको छ भने ११ सय ५१ जना निको भएका छन् ।
जिल्लामा सकृय संक्रमितको संख्या २८४ रहेको कार्यालयले जनाएको छ ।