राजविराज, २७ असोज। सप्तरीमा कोरोना संक्रमणका कारण पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ । योसहित मंगलवार दुई जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
तिरहुत गाउँपालिका ३ का ४५/४६ वर्षका जनप्रतिनिधिको सोमवार चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु छ। उनी गाउँपालिकाका वडा सदस्य हुन् ।
क्यान्सर रोगवाट पीडित रहेका उनी लामो समयदेखि अस्पताल वसेको र उतै संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यसैगरी मंगलवार राजगढ गाउँपालिका ६ का एक पुरुषको संक्रमणकै कारण मृत्यु भएको छ । संक्रमण भएपछि जनकपुरमा उपचार गराईरहेका उनको वारेमा थप जानकारी प्राप्त भएको छैन। उनको शव ल्याउन एम्वुलेन्स पठाईएको र थप विवरण संकलन भईरहेको कार्यालय प्रमुख यादले वताए ।
यो सहित सप्तरीमा कोरोनाका कारण मर्नेको संख्या ३ महिलासहित २२ पुगेको छ ।