राजविराज, २६ असोज। सप्तरीमा सोमवार प्रतिनिधि सभा सदस्यसहित एकै पटक ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पतालले सोमवार सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादव, उनकी वुहारी र चालकलाई संक्रमण पुष्टि भएको छ ।
यसैगरी मालपोत कार्यालयका थप ४ जनालाई संक्रमण पुष्टि भएको छ । यसअघि आईतवार २ जना नायव सुब्वा, १ जना खरिदार र १ जना कम्प्युटर अपरेटरलाई संक्रमण पुष्टि भएको थियो । योसहित मालपोतमा संक्रमित कर्मचारीको संख्या ८ पुगेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी आनन्द ठाकुरले वताए ।
यस लगायत राजविराजमा एकै दिन ११ महिला र २५ पुरुषसहित ३६ जना संक्रमित भएका छन् । वलानविहुल गाउँपालिकामा १ महिला ३ पुरुष गरी ४, खडक नगरपालिकामा १ महिला १ पुरुष गरी २ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।
योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १४ सय ४३ पुगेको छ। जसमध्ये ३ महिलासहित २० जनाको मृत्यु भएको छ भने ११ सय २७ जना निको भएका छन् ।
जिल्लामा हाल २९६ जना सकृय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।