Top_Header_Right_Add

प्रतिनिधि सभा सदस्य रेणु यादवलाई कोरोना पुष्टि

प्रतिनिधि सभा सदस्य रेणु यादवलाई कोरोना पुष्टि

राजविराज, २६ असोज। प्रतिनिधि सभा सदस्य एवम् जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार सार्वजनिक गरेको रिपोर्ट अनुसार उनलाई संक्रण पुष्टि भएको हो । ५८ वर्षिया यादवले शंका लागेर आईतवार स्वाव परिक्षणका लागि दिएकी थिईन ।

छोरा अभिषेकलाई आईतवार कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परिक्षण गराईएको थियो ।

सोमवार आएको रिपोर्ट अनुसार रेणुसहित अभिषेकककी पत्नि २६ वर्षिया रिया र २५ वर्षिय चालकलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरु सवै जना होम आईसोलेनमा वसेका छन् ।

प्रदेश सभा सदस्य समेत रहेका अभिषेकका अनुसार उनका ३ वर्षिय छोरा र भान्सामा काम गर्ने युवकको भने रिपोर्ट नेगेटिभ आएको छ ।

अभिषेक र रियालाई कोरोनाका सामान्य लक्षण देखिएका छन् भने रेणुलाई कुनै पनि लक्षण देखिएको छैन । ‘रिया र मलाई खाना नरुच्ने र कमजोरी अनुभव भएको छ’ उनले भने–‘ममिलाई अहिलेसम्म कुनै समस्या छैन ।’

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer