राजविराज, २५ असोज । प्रदेश २ का प्रदेश सभा सदस्य अभिषेक यादवलाई कारोना संक्रमण पुष्टि भएको छ ।
आईतवार सामाजिक सञ्जाल मार्फत उनले आफु संक्रमित भएको जानकारी दिएका हुन् ।
‘आदरणीय मित्रहरु तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोना संक्रमणको चपेटामा परेको छु, मेरो रिपोर्ट पोजिटिभ आएको छ’ उनले लेखेका छन्–‘म सँग कन्ट्याक्टमा रहनुन भएकाहरुलाई यथाशिघ्र पिरिआर परिक्षण गराउन आग्रह गर्दछु।’
सप्तरी क्षेत्र नम्वर ४ (क) वाट निर्वाचित सांसद यादवले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।