राजविराज, २५ असोज । जनप्रतिनिधि, कार्यालयका कर्मचारी र उनीहरुका आफन्तमा भटाभट देखिएको कोरोना संक्रमणका कारण रुपनी गाउँपालिकाको कामकाज प्रभावित भएको छ ।
कोरोनाको त्रासकै कारण गाउँपालिका कार्यालयवाट प्रवाह हुने सेवा आईतवारदेखी लागु हुने गरी एक हप्ताका लागि वन्द गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।
आईतवार अपरेटर र कार्यालय सहयोगी गरी २ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको यादवले वताए । यसैगरी ४ नम्वर वडाध्यक्ष, वडा सदस्य र कार्यालय सहयोगीलाई पनि संक्रमण देखिएपछि कामकाज वन्द गरेर संक्रमणको जोखिम कम गर्न खोजीएको उनले वताए ।
गत विहिवार मात्रै गाउँपालिकाका ३३ वर्षिय ईन्जिनियरको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
मुटु सम्वन्धि समस्याका कारण उपचार गराउन उनी काठमाण्डौं पुगेका वेला कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचारका लागि काठमाण्डौ मेडिकल कलेजमा भर्ना भएका थिए ।