राजविराज, २५ असोज। कर्मचारी विरामी पर्न थालेपछि त्रासका कारण वन्द भएको भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्मचारीहरुलाई रुघाखोकी र ज्वरो देखिएपछि असोज १० गते मालपोत फाँटका १० जना कर्मचारीको स्वाव परिक्षण गरिएको थियो । उनीहरु मध्ये ४ जनालाई आईतवार कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
२ जना नायव सुब्वा, १ जना खरिदार र १ जना कम्प्युटर अपरेटरलाई संक्रमण पुष्टि भएको सुचना अधिकारी शिवहरी पोखरेलले जानकारी दिए ।
कर्मचारी विरामी परेपछि गत वुधवारदेखि नै कार्यालयको कामकाज वन्द गरिएको थियो । संक्रमण पुष्टि भएपछि कामकाज अmभै केहि दिन वन्द हुन सक्ने पोखरेलले जानकारी दिएका छन् । आवश्यक समन्वय गरेर सोमवार सुचना जारी गरिने उनले वताएका छन् ।
लामो समयको लकडाउन खुलेसँगै संचालनमा आएको कार्यालयमा सेवाग्राहीको अध्याधिक भिड हुने गरेको थियो ।