• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोनाका कारण वन्द भएको वाणिज्य वैंक भोलीदेखि खुल्ने

कोरोनाका कारण वन्द भएको वाणिज्य वैंक भोलीदेखि खुल्ने

राजविराज, २५ असोज। सप्तरीको राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका थप ५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत वुधवार २ जना कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयका सवै कर्मचारी, सुरक्षा गार्ड र सवारी चालक समेतको स्वाव परिक्षण गरिएको थियो ।

गजेन्द्रनारायण सिंह अस्पतालले शनिवार सार्वजनिक गरेको रिपोर्टमा परिक्षण गराएका मध्ये थप ५ जनाको रिपोर्ट पोजेटिभ आएको शाखा प्रवन्धक उमेश नेपालले जानकारी दिए । यो सहित वैंकका ७ जना कर्मचारी संक्रमित भएको उनको भनाई छ । अन्य कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको उनले वताए ।

वुधवार २ जना कर्मचारीलाई संक्रमण पुष्टि भएदेखिनै वैंकको कारोवार वन्द गरिएको थियो । आईतवार कार्यालयलाई सेनेटाईज गरिएको र सोमवारदेखि कारोवार संचालन हुने नेपालले वताए ।

वाणिज्य वैंकमा स्वाव संकलन गरिएका अन्य विभिन्न कार्यालयका थप ८ जना कर्मचारी पनि संक्रमित भएको उनले जानकारी दिएका छन् ।