राजविराज, २५ असोज। कोरोना संक्रमणका कारण आईतवार सप्तरीमा थप एक जनाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ७ घर भइ हाल राजविराज नगरपालिका ६, सिरहारोड वस्ने ६५ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
लगातार ज्वरो आएपछि स्वाव परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । असोज २० गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिईन । स्वासप्रस्वासमा समस्या देखिएपछि आइतबार बिहान राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याएको थियो । अस्पताल भर्ना भएको केहि समयपछि नै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनी मधुमेह, ब्लड प्रेशरलगायतका समस्यवाट समेत पीडित रहेको जनाईएको छ ।
योसहित सप्तरीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ महिलासहित २० पुगेको छ ।
जिल्लामा हालसम्म १३ सय ८७ जनालाई संक्रमण पुष्टि भएको छ भने ११ सय १२ जना निको भएका छन् ।