• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई तिव्रता दिने सरकारको प्रतिवद्धता

आममरण अनशनरत डा. केसी र सरकारबीच ८ बुँदे सम्झौता
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई तिव्रता दिने सरकारको प्रतिवद्धता

राजविराज, २५ असोज। सरकारले सप्तरीको राजविराजमा निर्माण गर्ने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई तिव्रता दिने प्रतिवद्धता जनाएको छ ।

चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा भएको सहमति मार्फत सरकारले यस्तो प्रतिवद्धता जनाएको हो । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

सहमतिको वुँदा नं. १ को (छ) मा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसंग उल्लेख छ। उक्त वुँदामा लेखिएको छ– ‘प्रदेश नं. २ को सप्तरी स्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा पूर्वाधार विकास समिति गठन भईसकेको हुँदा आवश्यक वजेट विनियोजना गरी पुर्वाधार निर्माणको कामलाई तिव्रता दिने।’

६ बुँदे माग राखेर जुम्लावाट भदौ २९ गते अनशन थालेका केसीले आईतवार अनसन तोडने छन्।

‘एक प्रदेश/एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीति अन्तर्गत २३ पुस ०७५ को मन्त्रिपरिषद् बैठकले प्रदेश २ को सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। तर, पूर्वाधार विकासका लागि तयार पारिएको जग्गामा विवाद देखिएपछि काम अघि वढेको छैन ।

मन्त्रिपरिषदको निर्णयपछि पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका–१०, स्थित बिरौलमा ६२ बिगाह जग्गा खोजिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समिति’ले ०७६ बैशाखमा प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि वढाएको थियो ।

तर, प्रतिष्ठानका लागि प्रस्तावित जग्गामा विवाद देखिएपछि वन मन्त्रालयबाट स्वीकृत भएको फाइल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा थन्किएको छ। जसका कारण अर्थ मन्त्रालयले गत वर्ष छुट्याएको भौतिक पूर्वाधार निर्माणको ४० करोड रुपैयाँ समेत खर्च हुन सकेन । चालु आर्थिक वर्षको वजेटमा पनि सरकारले सोहि शिर्षकामा १० करोड रुपैयाँ छुट्याएको राजविराज नगरपालिकाका मेयर तथा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका सदस्य शम्भुप्रसाद यादवले जानकारी दिए। यस वर्षको १० करोड रुपैयाँ पनि रेडवुकमै सिमित हुने उनको आशंका छ।

सरकारको निर्णयपछि १२ जेष्ठ ०७६ मा राजविराज स्थित गजेन्द्रनरायण सिंह अस्पतालको हाताभित्र प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय समेत स्थापना गरिएको थियो। स्वास्थ्य मन्त्रालयले काठमाडौंस्थित वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइबिटोलोजिस्ट प्रा. डा. सञ्जयकुमार ठाकुरलाई कार्यकारी निर्देशकको जिम्मेवारी दियो । उनी ०७६ जेठको पहिलो सातादेखि नै राजविराजमा हाजिर भए। तर, लामो समय वस्दा पनि काम अघि नवढेको र वजेट खर्च गर्न समेत नपाईने भएपछि उनले पदवाट राजिनामा दिए। राजिनामा दिएको ४ महिनासम्म पछि उनको राजिनामा स्विकृत भयो। उनी अहिले विरगञ्च अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट छन् ।

‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति (गठन) आदेश पारित गरेर डा. रोहित पोख्रेललाई कार्यवाहक अध्यक्ष तोकेको छ। पोखरेलको नेतृत्वमा स्वास्थ्यमन्त्रालयको विज्ञका रुपमा डा भगवान कोईराला, डा. विकास देव, वरिष्ठ अधिवक्ता मिथिलेस सिंह तथा शिक्षा र अर्थमन्त्रालयका सहसचिव समेतको ९ सदस्यिय समिति वनाईएको छ।

तर, यति लामो समय वितिसक्दा पनि प्रतिष्ठान निर्माणको मुल समस्या समाधान हुन नसकेको मेयर यादवले वताए ।

सहमति