• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वलात्कारको घट्ना लुकाउन खोज्ने ८ पञ्च र वलात्कारीसहित ९ पक्राउ

वलात्कारको घट्ना लुकाउन खोज्ने ८ पञ्च र वलात्कारीसहित ९ पक्राउ

राजविराज, १८ असोज । सिरहामा पञ्चायतिले वलात्कारी युकलाई ५ लाख रुपैयाँ जरिवाना गराएर उन्मुक्ति दिने प्रयास गरेपछि सवैलाई प्रहरीले पक्राउ गरेको छ।

पञ्चायतीले वलात्कारी युवकलाई ५ लाखको कपाली तमासुक वनाईएको समेत खुलेको छ । उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले गत असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेका थिए ।

घटना थाहा पाएपछि अभियुक्तलाई उन्मुक्ति दिलाउन गाउँमै पञ्चायती बस्यो । पञ्चले अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग लेनदेनको विषय उल्लेख गर्दै ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मा लगाएको खुलेको छ ।

उक्त रकम पीडित परिवारलाई दिने सहमति भएको थियो । तर, यो सूचना प्रहरीले थाहा पायो र आठ पञ्च र बलात्कारी युवकलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीका प्रवक्ता तथा एसपी कृष्ण प्रसाईले जानकारी दिए ।

बिष्णुपुर गाउँपालिका–१ का ५२ बर्षीय सिंहेश्वर साह, २२ बर्षीय अरविन्दकुमार साह, ४५ बर्षीय शत्रुधन साह, ४७ बर्षीय राजकुमार साह, ४२ बर्षीय राम उदगार यादव, ६१ बर्षीय जगवीर यादव, ४८ बर्षीय राजकुमार यादव, ३५ बर्षीय रौदी भनिने श्यामसुन्दर यादवलाई पक्राउ गरिएको उनको भनाई छ ।

पक्राउ परेका सवैलाई म्याद थप गराएर थप अनुसन्धान भईरहेको वताए प्रसाईले । ‘यो जघन्य अपराध हो, त्यसमाथि अपराधिलाई लुकाउन अर्को अपराध गरिएको छ’ उनले भने–‘कसुर अनुसार सवैलाई कानुनी कार्वाही हुन्छ।