• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

आयआर्जनका लागि सप्तरीका १७ परिवारलाई आर्थिक सहयोग

आयआर्जनका लागि सप्तरीका १७ परिवारलाई आर्थिक सहयोग

राजविराज, १५ असोज । सप्तरीको राजविराज, वोदेवरसाईन, तिलाठि कोईलाडिका १७ परिवारलाई आयआर्जनका लागि सहयोग प्राप्त भएको छ ।

युकेएडको सहयोगमा भीएसओ नेपाल र ईन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित ‘समग्र लैङ्गकि उत्तरदायी न्यायमा पहुँच सुदृढीकरण परियोजना (सहज)’ अन्तर्गत सहयोग उपलब्ध गराईएको हो ।

परियोजनाको आर्थिक सशक्तीकरण तथा आय–आर्जन क्रियाकलापमा सहभागी बोदे बर्साईन नगरपालिका–५ का ६ वटा परिवारलाई बाख्रा पालन, २ परिवारलाई भैंसी पालन र एउटा परिवारलाई नास्ता पसल संचालन गर्न प्रति परिवार ३० हजार रुपैयाँ उपलब्ध गराईएको छ ।

यसैगरी, राजविराज नगरपालिका –५ का दुई परिवार र तिलाठी कोईलाडी गाउँपालिका –५ का ५ परिवारलाई पनि ३० हजारका दरले सहयोग उपलब्ध गराईएको समग्र जन उत्थान केन्द्रका जिविकोपार्जन सल्लाहकार रामनाथ साहले वताए । उनीहरुलाई चेक हस्तान्तरण गरिएको छ ।

वोदेवरसाईन नगरपालिका ५ मा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर आतेसकुमार सिंह यादव, वडा नम्बर ५ का वडा अध्यक्ष मो. मजिवुर रहमान, समग्रका कार्यकारी निर्देशक देवराज पोखरेल, स्थानीय सहजकर्ता लोकेन्द्रप्रसाद यादव, भीएसओ नेपालका प्रतिनिधि सुनिल कुमार साह, वडा नं. ५ की सदस्य रूपनीदेवी राम, ओम प्रकाश ठाकुर, रिता पंडित, विणा कुमारी पंडित लगायतको उपस्थिति थियो ।

समग्र जन उत्थान केन्द्र लहानका कार्यकरी निर्देशक देवराज पोखरेलले परियोजनाको परिवार केन्द्रीत पद्धति अन्तर्गत सप्तरीका ४ र सिरहाको सिरहा नगरपालिकामा महिलाको आर्थिक सशक्तीकरण र न्यायमा पहुँच पुर्याउने उदेश्यले कार्यक्रम संचालन रहेको वताए ।

हरेक पालिकामा बीस परिवारका दरले ८० परिवारलाई ३० हजारका दरले प्रत्यक्ष सहयोग गरिएको उनको भनाई छ ।