• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोनाका कारण सप्तरीका एक ब्यक्तिको धरानमा मृत्यु

कोरोनाका कारण सप्तरीका एक ब्यक्तिको धरानमा मृत्यु

राजविराज, ५ असोज। सप्तरीका एक ब्यक्तिको कोरोनाका कारण धरानमा मृत्यु भएको छ ।
विष्णपुर गाउँपालिका १ का ५५ वर्षिय पुरुषको आईतवार राती धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, सप्तरीका अनुसार उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि एक साताअघि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
प्रतिष्ठानमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

यसअघि सोही गाउँपालिका–३ का ६२ वर्षीया महिलाको कोरानो संक्रमणका कारण आईतवार साँझ ७ वजे मृत्यु भएको थियो ।
योसँगै सप्तरीमा कोरोना संक्रमण भएका ११ जनाको मृत्यु भएको छ ।