राजविराज, ५ असोज। सप्तरीमा मंगलवार ४ जनालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका ८ की ३० वर्षिया महिला, तिलाठि कोईलाडि गाउँपालिका ८ का ९ वर्षिय वालक तथा तिरहुत गाउँपालिका १ का १५ र ६० वर्षिय पुरुषलाई कारोना संक्रमण पुष्टि भएको हो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार ११९ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । वाँकी ११५ जनाको रिपोर्ट भने नेगेटि छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १२ सय ६ पुगेको छ भने कोरोना संक्रमित १० जनाको मृत्यु भएको छ ।
हालसम्म ८२२ जना कोरोना मुक्त भएको निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए। उनका अनुसार सप्तरीमा हाल ३७४ जना सक्रिय संक्रमित छन्।