राजविराज, ४ असोज। सप्तरीमा आईतवार २ प्रहरी र एक सैनिकसहित २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकामा ६ महिलासहित १५, विष्णुपुर गाउँपालिकामा १ महिलासहित ५, रुपनी गाउँपालिकामा १ पुरुष, तिलाठि कोईलाडि गाउँपालिकामा ३ पुरुष, जिल्ला प्रहरी कार्यालयका २ प्रहरी र भिम दल गणका एक जना शैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका २६ वर्षया दुई पुरुष र नेपाली सेनाको राजविराज स्थित भिमदल गणका ३१ वर्षिय पुरुषलाई कारोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, राजविराज नगरपालिका ६ का ३१, २३, ३४ र २२ वर्षिय पुरुष तथा २२, ६०, ४०, ३०, ६५ र ३१ वर्षिया महिला, राजविराज ५ का ४३ वर्षिय पुरुष, राजविराज १ का ५० र १६ वर्षिया महिला, राजविराज २ का ५३ वर्षिय पुरुष र राजविराज ८ का ५८ वर्षिय पुरुष कोरोना संक्रमित भएका छन्।
यस्तै, विष्णुपुर गाउँपालिका ३ की ६२ वर्षिया महिला, वडा नं. ७ का ३०, ३५ र ४७ वर्षिय पुरुष तथा वडा नं. ६ का २७ वर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको छ । रुपनी गाउँपालिका २ का ३२ पुरुषलाई पनि कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १२ सय ४ पुगेको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने ८ सय २ जना निको भएका छन् ।
जिल्लामा हाल ३९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।