• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्वास्थ्य

सप्तरीमा आईतवार ७ जनालाई कोरोना पुष्टि

सप्तरीमा आईतवार ७ जनालाई कोरोना पुष्टि

राजविराज, ४ असोज। सप्तरीमा आईतवार थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार विष्णुपुर गाउँपालिकामा ४ र तिलाठि कोईलाडि गाउँपालिकामा ३ जनालाई कारोना संक्रमण पुष्टि भएको हो ।

विष्णुपुर गाउँपालिका ७ का ३०, ३५ र ४७ वर्षिय पुरुष तथा वडा नं. ६ का २७ वर्षिय पुरुषलाई संक्रमण भएको छ । यसैगरी तिलाठि कोईलाडि गाउँपालिका ५ का ५९ वर्षिय पुरुष तथा वडा नं. ७ का १९ र ६४ वर्षिय पुरुषलाई संक्रमण भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ११ सय ८४ पुगेको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने ८ सय २ जना निको भएका छन् ।

जिल्लामा हाल ३७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।