राजविराज, ३ असोज। नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले संविधानमा रहेका त्रुटीहरुलाई सच्चाएर अघि वढ्न दलहरुलाई सुझाव दिएका छन् ।
पाँचौं संविधान दिवसका अवसरमा शनिवार नेपाली काँग्रेसको शम्भुनाथ नगरपालिका १२ नं वडा समितिको आयोजना गरेका कर्यक्रममा वोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
मधेसी, दलित, आदिवासी जनजातीले उठाउँदै आएको मागलाई पनि संशोधन माफ्र्त समावेश गरी संविधानलाई सर्वस्विकार्य वनाउनु पर्नेमा उनको जोड थियो ।
शम्भुनाथ नगर सभापति रामचरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी साहसहितका वक्ताहरुले संविधानका विषयमा मन्तब्य ब्यक्त गरेका थिए ।
सोही अवसरमा तत्कालिन नेकपा एमालेका नेता धनेश्वर मण्डलको नेतृत्वमा दुई सय जना कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको सभापति यादवले जानकारी दिए ।
नवप्रवेशीहरुलाई सभापति यादवसहितका नेताहरुले फुल, माला तथा अबीर लगाएर स्वागत गरेका थिए ।