• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अग्नीसाईर कृष्णासवरनमा दीप प्रज्वलन गरी संविधान दिवश मनाइयो

अग्नीसाईर कृष्णासवरनमा दीप प्रज्वलन गरी संविधान दिवश मनाइयो

बोधराज सुवेदी
महुली, ३ असोज। संविधान दिवसको अवसरमा शनिवार सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँ पालिकाको विभिन्न स्थानमा दीप प्रज्वलन गरीएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पालिका कमिटीको आयोजनामा मुख्य चौकहरुमा दिप प्रज्वलन गरिएिको जिल्ला सदस्य समेत रहेकी ६ नं. वडाध्यक्ष कुसुम आचार्यले जानकारी दिइन्।

पार्टीका स्थानिय नेताहरु कुसुम आचार्य, दिनानाथ चौधरी, महेश चौधरी, वदी नारायण चौधरी, भगवती चौधरी, वेचन चौधरी र पशुपति चौधरीको अगुवाईमा क्रमशः महुली, जण्डोल हटिया, जण्डोल चोक, विशाल चौक, प्रसवनी हटिया, सितापुर चौक र चाँदनी चोकमा दिप प्रज्वलन गरिएको आचार्यले वताईन ।

कार्यक्रममा उपस्थित नेकपाका नेता/कार्यकर्ताले संविधानको पक्षमा नारा लगाएका थिए ।