
राजविराज, ३ असोज।
सप्तरीमा शनिवार एक स्वास्थ्यकर्मी, एक प्रहरी र एक जना विद्युत कार्यालयका कर्मचारीसहित १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डाकनेश्वरी नगरपालकामा ४२ वर्षिय एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । सोहि नगरपालिका ५ निवासी उनी स्वास्थ्य शाखामै कार्यरत रहेको नगरपालिकाका कार्यकारी अधिकृत वसन्तकुमार दासले जानकारी दिए ।
यसैगरी, विद्युत प्राधिकरण राजविराजका ३६ पुरुष र जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत ३७ वर्षिय प्रहरी हवल्दारलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । प्रहरी हवल्दार सर्लाही निवासी हुन् ।
यस्तै, विष्णुपुर गाउँपालिका १ का ३६, २५ र ३५ वर्षिय पुरुष तथा वडा नं. ७ का ४५, ४२, ३९, ६०, ४५, ५०, ४६ र ५१ वर्षिय पुरुषलाई कोरोना संक्रमण भएको छ ।
राजविराज नगरपालिका ३ का ३८ र ३३ वर्षिय पुरुष, वडा नं. ९ का २१ वर्षिय पुरुष तथा वडा नं. ८ मा २० वर्षिया महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ११ सय ७७ पुगेको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने ७७३ जना निको भएका छन् ।
जिल्लामा हाल ३९५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।