• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

तिलाठी–कोइलाडीको जनता माविमा इ–लाइब्रेरी सञ्चालन

तिलाठी–कोइलाडीको जनता माविमा इ–लाइब्रेरी सञ्चालन

राजविराज, ३ असोज। तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयको पुस्तकालय तथा इ–लाइब्रेरी उद्घाटन भएको छ ।

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले शनिवार पुस्तकालय र इलाईव्रेरीको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य सिंहले गुणस्तरीय शिक्षाको लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवश्यक रहेको बताए। अहिले विश्व नै प्रविधिमैत्री भईरहेको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयबाटै प्रविधीमा दक्ष बनाउनु जरुरी रहेको बताउँदै उनले दक्ष जनशक्तिले नै समाज र मुलुकको विकास सम्भव रहेको बताए।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भौतिक पूर्वाधार विकासको विकास मात्रै पर्याप्त नभएको वताउँदै शिक्षा र स्वास्थ्यको समुचति विकास भएमा मात्र समाजको विकास सम्भव रहेको बताए।

सूचना प्रविधिको समय भएकोले यसको विकास जरुरी रहेको बताउँदै अध्यक्ष सिंहले इ–लाइब्रेरीले दक्ष जनशक्तिको विकासमा सहयोग पुग्ने बताए ।

नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले संघीय शिक्षा ऐन ल्याउन सरकार उदासिन रहेको आरोप लगाउँदै अविलम्ब शिक्षक सेवा आयोग गठन गर्न माग गरे।

तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले समाजको विकासको लागि सक्षम जनशक्ति आवश्यक रहेको बताउँदै पुस्तकालयको संरक्षण सम्बद्र्धनमा सबैले योगदान गर्नुपर्ने बताए।

जनता मावि तोपाको विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ सप्तरीका सह अध्यक्ष सुरेश यादव, नेपाली काँग्रेसका क्षेत्रीय सचिव अरुणकुमार मण्डल, जगदिश मण्डल, सफिक मन्सुरी, विद्यालयका प्रधानाध्यापक रमेश झा, ललिता झासहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।