Top_Header_Right_Add

सप्तरीमा शुक्रवार १७ जनालाई कोरोना पुष्टि

जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ७९
सप्तरीमा शुक्रवार १७ जनालाई कोरोना पुष्टि

राजविराज, २ असोज। सप्तरीमा शुक्रवार १७ जनालाई कारोना संक्रमण पुष्टि भएको छ ।

सदरमुकाम राजविराजमा २ महिलासहित १२ जना, रुपनी गाउँपालिकामा १ जना, सूरुङ्गा नगरपालिकामा २ जना र महदेवा गाउँपालिकामा २ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज १२ का ३३, ७०, २८, १२, ६०, ३५, १९, ४५, ५० र २५ वर्षिय पुरुष तथा ४० र १८ वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपनी गाउँपालिकाको जमुनी मधेपुराका ३४ वर्षिय पुरुष, सुरुङ्गा नगरपालिका ९ का २४ वर्षिय र वडा नं. २ का २५ वर्षिय पुरुष र महदेवा गाउँपालिका ५ का २३ वर्षिया महिला र ३१ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ११ सय ५९ पुगेका छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ।

यस्तै शुक्रवार २१ जना कोरोना मुक्त भएका छन्। सप्तरीमा कारोना संक्रमण भएर निको हुनेको संख्या ७७१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ३७९ छ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer