• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सामुहिक वलात्कार र किशोरीद्वारा आत्महत्या प्रकरणः मुख्य दुई आरोपी पक्राउ

सामुहिक वलात्कार र किशोरीद्वारा आत्महत्या प्रकरणः मुख्य दुई आरोपी पक्राउ

राजविराज, २ असोज। सामुहिक वालात्कारमा परेकी एक किशोरीले आत्महत्या गरेको प्रकरणका प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

डाकनेश्वरी ७ का १८ वर्षीय सुमन कुमार मण्डल (बब्लु) र रन्जित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए । इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उनीहरुलाई वुधवार राती ९ वजे पक्राउ गरेको हो ।

सामुहिक वलात्कारमा संलग्न ३० वर्षीय धर्म मण्डल र ३५ वर्षीय विष्णु मण्डल अझै पनि फरार छन् । पक्राउ परेकाहरुलाइ वलात्कार र आत्महत्या दुरुत्साहनको मुद्दा चलाईने भारतीले वताए ।

गत भदौ २९ गते डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षिया किशोरी सामुहिक वलात्कारमा परेकी थिईन । धानखेतमा गएको वेला किशोरी वलात्करमा परेपछि गाउँमा वसेको पञ्चायले पीडित र उनको परिवारलाई प्रहरीमा नजान र ५५ हजार लिएर मिलापत्र गर्न दवाव दिएको थियो ।

पञ्चायतको निर्णयपछि किशोरीले आत्महत्या गरेकी थिईन । सोहि प्रकणमा पञ्चहरु जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

तीन जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाईने भारतीको भनाई छ ।