• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोनाका कारण सप्तरीका एक युवकको धरानमा मृत्यु, जिल्लामा मृतकको संख्या ९ पुग्यो

कोरोनाका कारण सप्तरीका एक युवकको धरानमा मृत्यु, जिल्लामा मृतकको संख्या ९ पुग्यो

राजविराज, ३१ भदौ । सप्तरीमा वुधवार कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ ।

खडक नगरपालिका ३ का ३५ वर्षिय युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उनको वुधवार विहान करिव ७ वजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी किड्नी सम्वन्धि विरामी रहेको जनाईएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती युवक उच्च रक्तचापसँगै मृगौलाको समस्याबाट पनि पीडित थिए ।

एक वर्षदेखि सातामा दुईपटक डायलसिस गराउँदै आएका ति युवकलाई ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो।

भदौ २८ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएएपछि उनलार्य प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यसअघि भदौ १८ गते राजगढ ७ र राजविराज ७ मा एक एक जनाको मृत्यु भएको थियो । राजगढ गाउँपालिका–६ फकीरा स्थायी घर भई राजविराज नगरपालिका–७ मा बस्दै आएका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो । राजविराजस्थित स्थानीय क्लिनिकपछि छिन्नमस्ता अस्पतालमा भर्ना भएका उनलाई धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । उनी चिनी रोगबाट पीडित थिए । उनी नेपाल टलिकम राजविराजका अधिकृत हुन्।

सोहि दिन राजविराज नगरपालिका–७ का ५५ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। भदौ ७ गते संक्रमण पुष्टि भएपछि छिन्नमस्ता अस्पताल राजविराजबाट रेफर भएका उनी कोभिड–१९ अस्पताल धरानमा भदौ ८ गते भर्ना भएका थिए। उनी १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

भदौ १३ गते राजविराज नगरपालिका २ की ५५ वर्षिया महिलाको मृत्यु भएको थियो। ज्वरो तथा रुघाखोकीको समस्या देखिएपछि गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी उनलाई थप  समस्या देखिएपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा राती करिव ९ वजे वाटोमै मृत्यु भएको थियो।

भदौ ५ गते राजविराज नगरपालिका–७ का ७७ वर्षीय पुरुषको ग्राण्डी अस्पताल, काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी ‘प्रोस्टेट’ को रोगले पीडित थिए।

भदौ २ गते राजविराज नगरपालिका–४ का २८ वर्षीय युवकको मृत्यु भएको थियो। निमोनियाले ग्रस्त भइ राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना भएका युवकको थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्ने वित्तिकै मृत्यु भएको थियो। उनलाई भदौ ४ गते कोरोना पुष्टि भएको हो।।

साउन २७ गते डाकनेश्वरी नगरपालिका ८ स्थायी घर भई राजविराज ६ स्थित सिरहा रोडमा वस्दै आएका ७९ वर्षिय वृद्धको मृत्यु भएको थियो। ३÷४ दिनअघि ज्वरो आएपछि चेक गर्दा २७ गते साँझ कोरोना पुष्टि भएको थियो। आईसोलेसनमा लैजाने क्रममा वाटोमै उनको मृत्यु भएको थियो। उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापवाट पीडित थिए।

साउन २० गते रुपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय मृतक पुरुषको मृत्यु भएको थियो। साउन २१ गते  उनलाई कोरोना पुष्टि भयो । मलेसियाबाट एक महिना अघि आएर घरमा बसेपछि स्वासप्रस्वासमा समस्या आएर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो।

साउन १ गते राजविराजका–६ का ७३ वर्षिय व्यापारीको धरानमा उपचारका क्रममा मृत्यु भयो। कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालकरहेका उनी भारतको दिल्लीबाट दरभंगा हुँदै १३ दिनअघि घर आएका थिए। श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र प्रोस्टेटका बिरामी थिए ।