• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नागरिक्ता वितरण वाहेक जिल्ला प्रशासन कार्यालय सप्तरीका सेवा/कार्यहरु सुचारु

नागरिक्ता वितरण वाहेक जिल्ला प्रशासन कार्यालय सप्तरीका सेवा/कार्यहरु सुचारु

राजविराज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलवारवाट लागु हुनेगरी नागरिक्ता र प्रतिलिपी वाहेकका सेवा सुचारु गरेको छ ।

कार्यालयले सोमवार सूचना जारी गरी कार्यालयका सेवा सूचारु भएको जानकारी दिएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषदकमो साउन २६ गतेको वैठकको निर्णय नं. ४(क) र जिल्ला संकट ब्यवस्थापन केन्द्रको भदौ २९ गतेको वैठकको निर्णय नं. १(ठ) को आधारमा नयाँ नागरिक्ता र प्रतिलिपी नागरिक्ता वितरण सम्वन्धी कार्यहरु पछि निर्णय भई सोहि अनुसार जानकारी गराउने र हाललाई सो वाहेकका सम्पुर्ण सेवा/कार्यहरु भदौ ३० गतेदेखि सुचारु गरिएको कार्यालयका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

सेवा/कार्यहरु प्रवाहका क्रममा तोकिए वमोजिमका स्वास्थ्य सतर्कता एवम् मापदण्ड पालनालाई कडाईका साथ कार्यान्वयन गरिने उनले वताए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचना