Top_Header_Right_Add

सप्तरीमा सोमवार गजेन्द्रनारायण सिंह अस्पतालका २ स्वास्थ्यकर्मी र ७ विरामीसहित २२ जनालाई कोरोना संक्रमण

सप्तरीमा सोमवार गजेन्द्रनारायण सिंह अस्पतालका २ स्वास्थ्यकर्मी र ७ विरामीसहित २२ जनालाई कोरोना संक्रमण

राजविराज, २९ भदौ । सप्तरीमा सोमवार गजेन्द्रनारायण सिंह अस्पतालका २ जना स्वास्थ्यकर्मी र उपचाररत ७ जना विरामीसहित २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाका अनुसार अप्रेसन थिएटरका ४० वर्षिय असिस्टेन्ट स्वास्थ्यकर्मी र इमर्जेन्सी फाँटका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको छ। यसैगरी डाईलाईसिस वार्डका ७ जना विरामीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

सिरहाको गोलवजार ६ का ६५ वर्षिय पुरुष, सप्तरीको सुरुङ्गा नगरपालिका दौलतपुरका ५८ वर्षिय पुरुष, विष्णपुर ६ का एक जना पुरुष, सुरुङ्गाको सिस्वारीका ८५ वर्षिय पुरुष र खडक नगरपालिका ३ का ३५ वर्षिय पुरुषसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको झाले वताए ।

यसैगरी २५ वर्षिय सुरक्षा गार्ड (पुलिस) लाई पनि कोरोना संक्रमण भएको उनको भनाई छ ।

यस्तै, राजविराज ६ की १७ वर्षिया महिला, तिलाठि कोइलाडि गाउँपालिका ४ का २८ वर्षिय पुरुष, महदेवा गाउँपालिका ४ का २७ वर्षिय पुरुष, राजविराज ७ का ३२ वर्षिय पुरुष, लहान ७ की ५५ वर्षिया महिला, कर कार्यालय राजविराजका ३१ वर्षिय पुरुष, तिरहुत गाउँपालिका ४ का ३५, १२, र ११ वर्षिया महिला तथा तिरहुत ५ का २० वर्षिय पुरुष, अग्निसाईर कृष्णासवरण गाउँपालिकाका ३३ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका १ का ४५ र २५ वर्षिया महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer