राजविराज, २९ भदौ । पुर्व सिचाई मन्त्री एवम् नेकपाका नेता उमेशकुमार यादव नेतृत्वको टोली आईतवार प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनललाई भेटि सप्तरीमा उत्पन्न नदिजन्य समस्या समधान गर्न माग गरेको छ ।
खडग, महुली, बलान लगायतका खहरे खोलाका कारण सप्तरीमा वर्षेनी नागरिकहरुको उठिवास हुने गरेको र खेती योग्य जग्गा कटान हुने गरेको जानकारी दिदै समस्या समाधानका लागि आवश्यक पहल गर्न टोलीले माग गरेको छ ।
वलान खोलाको वाढिका कारण वडा २ को दिघिया र वडा नं. ४ बेल्हिको बस्ती असुरक्षित बन्दै गएको भन्दै टोलीले मन्त्रीको ध्यानाकर्षण गराईएको छ।
भेटघाटका क्रममा दिघिया, बेल्ही, मल्हनिया, थल्हा र प्रमाणपुर लगायतका बस्ती जोगाउन, खडग, महुलीलगायतका नदि नियन्त्रण आयोजना बनाएर प्राथमिकताका साथ काम गर्न, राजबिराजको भलुवाही नदिको वाँकी काम अघि वढाउन, बाढीले क्षति पुर्याएका सिचाइ योजना, कुलो÷पैनीलाई मर्मत र स्त्तरोन्नती गर्न आवश्यक बजेट ब्यबस्थापन गर्न अनुरोध गरिएको उनको भनाई छ।
यसैगरी, समृद्ध तराई–मधेस सिचाइ बिकास बिशेश कार्यक्रमको मर्म अनुसारको कार्यक्रम प्रादेशिक स्तरमा पुनः ल्याउन आग्रह समेत गरिएको उनले जानकारी दिए ।
स्थानीयवासीको ध्यानाकर्षण वुझ्दै मन्त्री सोनलले एक साताभित्रै बलान नदिको प्रभावित क्षेत्रमा निरिक्षण गर्ने र समस्या समाधानका लागि प्राथमिक्ताका साथ काम गर्ने प्रतिवद्धता जनाएको टोलीमा सहभागि वडाध्यक्ष हंसु मियाँले जानकारी दिए ।
