राजविराज, २८ भदौ । तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित ५ बर्षमुनीका बालबालिकाहरुलाई राहत रकम वितरण गरेको छ ।
गाउँपालिकाको वडा नं. १ बेल्हीका ५१ जना बालबालिकाहरुलाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन्।
युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे।
खाँडो खोलाको बाढीका कारण बेल्ही पटकपटक प्रभावित बन्दै आएको छ भने महुली, जिता र कोशी नदीको सिपेजका कारण वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइन प्रभावित बन्दै आएको छ ।
कोइलाडी र को. बर्साइनका बाढी प्रभावितहरुलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम रहेको अधिकृत झाले जानकारी दिए।
तस्विर संलग्न छ ।