• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा शनिवार १५ जनालाई कोरोना संक्रमण पुष्टि

सप्तरीमा शनिवार १५ जनालाई कोरोना संक्रमण पुष्टि

राजविराज, २७ भदौ । सप्तरीमा शनिवार १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा विष्णुपर गाउँपालिकाका एक महिलासहित २, कञ्चनरुप नगरपालिकाका १ महिलासहित ५, तिरहुत गाउँपालिकाका १, खडक नगरपालिकाका १, राजविराज नगरपालिकाका ३, सप्तरी जिल्ला कारागारका १, तिलाठि कोईलाडि गाउँपालिकाका १ र सप्तरी ठेगाना भएका एक पुरुष छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार विष्णुपुर गाउँपालिका ७ का २६ पुरुष र ५२ वर्षिया महिला, कञ्चनरुप नगरपालिका ६ का ३२, ३२, १२ र ३६ वर्षिय पुरुष तथा ३४ वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, तिरहुत गाउँपालिका १ का ३० वर्षिय पुरुष, खडक नगरपालिका ५ का २२ वर्षिय पुरुष, राजविराज नगरपालिका २ का ६० र ४९ वर्षिय पुरुष, वडा नं. ६ का ३५ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका ८ का ५५ वर्षिय पुरुष, सप्तरी कारागारका २५ वर्षिय पुरुष र सप्तरी ठेगाना भएका ६८ वर्षिय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार १८ पुगेको छ । जसमध्ये ८ जना संक्रमितको मृत्यु भएको छ।