राजविराज, २६ भदौ । नेपालवाट भारत लाने तयारी भइरहेको २ सय ४४ कार्टुन मदिरा शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका –५ स्थित बनरझुलावाट उक्त मदिरा नियन्त्रणमा लिईएको हो । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय हनुमाननगर र प्रहरी चौकी को. बर्साईनको संयुक्त टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लुकाएर राखिएको अवस्थामा २ सय ४४ कार्टुन ‘दिलवाले’ नामको मदिरा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा वुझाईएको कार्यालयले जानकारी दिएको छ ।