• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

शुक्रवार १० जनालाई संक्रमण पुष्टि
सप्तरीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

राजविराज, २६ भदौ । सप्तरीमा शुक्रवार १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज ३ का ७० र ३९ वर्षिय पुरुष तथा ४० र ३० वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, तिलाठि कोईलाडि गाउँपालिका ६ का २१ वर्षिय पुरुष, वडा नं. ८ का १५, ४६ र १६ वर्षिय पुरुष ४० वर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार ३ पुगेको छ। संक्रमित मध्ये ६९५ जना निको भएका छन भने ८ जनाको मृत्यु भएको छ । वाँकी विभिन्न स्थानको आईसोलेसनमा रहेको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।