• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका एसपी र डिएसपी दुवैलाई कोरोना पुष्टि

सप्तरीका एसपी र डिएसपी दुवैलाई कोरोना पुष्टि

राजविराज, २५ भदौ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपी दुवै जनालाई कोरोना संक्रमण भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले विहिवार सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । ४४ वर्षिय एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा हाजिर भएका हुन्।

उनीहरु दुवै जनाले वुधवार स्वाव परिक्षणका लागि दिएका थिए । घर जाने तयारीका लागि स्वाव परिक्षणका लागि दिएको तर रिपोर्ट पोजेटिभ आएको भन्दै डिएसपीले आश्चर्य ब्यक्त गरे। कुनै लक्षण पनि नभएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएको उनले जानकारी दिए ।

योसहित सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ५४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत १९ र प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत ३५ प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।