• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा ९ कैदीवन्दि र २ सुरक्षा गार्डसहित १५ जनालाई कारोना संक्रमण

सप्तरीमा ९ कैदीवन्दि र २ सुरक्षा गार्डसहित १५ जनालाई कारोना संक्रमण

राजविराज, २५ भदौ । सप्तरीमा विहिवार ९ जना कैदीवन्दि र २ जना सुरक्षा गार्डसहित १५ जनालाई कारोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार सप्तरी कारागारका ३५ र २४ वर्षीय सुरक्षा गार्ड (प्रहरी) तथा ४९, ६२, ३२, २५, २४, ६४, २५, ४०, २५ पुरुष कैदीवन्दिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित कारागारमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया नर्सिङ्ग स्टाफ र स्विपरलाई पनि कोरोना संक्रमण पुष्टि भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले जानकारी दिए ।

यस्तै राजविराज ३ का ७१ वर्षिय तथा वडा नं. ६ का २८ वर्षिय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले विहिवार ६१ जनाको रिपोर्ट सार्वजनिक गरेकोमा ४६ जनाको रिपोर्ट नेगेटिभ छ।

विहिवारसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ९८९ पुगेको छ। ६८२ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ । २९९ जना विभिन्न स्थानको आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।