राजविराज, २४ भदौ । सप्तरीमा वुधवार २ प्रहरीसहित एकै पटक ३२ जना कोरोना संक्रमित फेला परेका छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्टमा जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत इलाका प्रहरी कार्यालय सखडामा कार्यरत २३ र २० वर्षका दुई प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये २३ वर्षिय महोत्तरी र २० वर्षिय पर्सा जिल्ला निवासी हुन् ।
यसैगरी छिन्नमस्ता गाउँपालिका ३ का ३२ पुरुष र २७ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै राजविराज १ का ४५ वर्षिया महिला तथा ४२ र ३८ वर्षिय पुरुष, राजविराज २ का ७२, ३८ र ५० वर्षिय पुरुष, राजविराज ४ का उमेर नखुलेका एक पुरुष, राजविराज ६ का ५५ र ११ वर्षिया महिला तथा १९ र ४५ वर्षिय पुरुष, राजविराज ७ का २७, ५५, १६, १४, १५ र २६ वर्षिय पुरुष तथा ५०, ३०, २५, ६, २१ र ३० वर्षिया महिला, राजविराज ८ का ६० वर्षिय पुरुष, राजविराज ९ का ३१ र १७ वर्षिय पुरुष, राजविराज १० का २२ वर्षिय पुरुष, राजविराज स्थित अनार भुवनेश्वर अस्पतालका ४८ वर्षिय पुरुष तथा विष्णुपुर गाउँपालिकाका ६० वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
अस्पतालले वुधवार सप्तरीका कुल २६२ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । २३० जनाको रिपोर्ट नेगेटिभ छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ९७३ पुगेको छ । जसमध्ये हालसम्म ६७९ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ । वाँकी सवैजना आईसोलेसनमा रहेको निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए ।