• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा ५ र हनुमाननगर कंकालिनी नगरपालिकामा १९ जनालाई कोरोना संक्रमण पुष्टि

राजविराजमा ५ र हनुमाननगर कंकालिनी नगरपालिकामा १९ जनालाई कोरोना संक्रमण पुष्टि

राजविराज, २३ भदौ । सप्तरीमा मंगलवार २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २४ मध्ये ५ जना राजविराज र १९ जना हनुमाननगर कंकालिनी नगरपालिकाका छन्।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्ट अनुसार सप्तरी कारागाराका २३ वर्षिया महिला, करदाता सेवा कार्यालय राजविराजका एक पुरुष कर्मचारी तथा राजविराज नगरपालिका– ११ का २५, १५ र ५५ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिकामा ८ मा १, वडा नं. ७ मा ४ महिलासहित ९ जना तथा वडा नं. ९ मा ३ महिलासहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ८ मा २५ वर्षिय पुरुष, वडा नं. ७ मा २८, ३८, २८, ४ र २५ वर्षिय पुरुष र १६, २५, ७५, ८ वर्षिया महिला तथा वडा नं. ९ मा ६६, ४१, १२, ७, ५ र ३ वर्षिय पुरुष र ३६, १७ र १८ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

अस्पतालले मंगलवार सप्तरीका कुल १११ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । अन्य ८७ जनाको रिपोर्ट नेगेटिभ छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ९४० पुगेको छ। जसमध्ये ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने ६७९ जना संक्रमित निको भएका छन् । वाँकी संक्रमितहरु आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।