• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

चोरी भएको नगद र रिचार्ज कार्डसहित संलग्न र सहयोगी गरी चार पक्राउ [भिडियोसहित]

चोरी भएको नगद र रिचार्ज कार्डसहित संलग्न र सहयोगी गरी चार पक्राउ [भिडियोसहित]

राजविराज, २३ भदौ । सप्तरी सदरमुकाम राजविराज स्थित गुदरी लाईनमा सोमवार भएको चोरीमा संलग्न र सहयोगी गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । चोरीमा संलग्न राजबिराज नगरपालिका– ६ का सैनी भन्ने सनिया मण्डल र सहयोगीहरु राजविराज ४ की ज्योती कुमारी मण्डल सहनी, मो. समिम अन्सारी र रुपनी गाउँपालिका –४ का लाल मोहमद राईनलाई प्रक्राउ गरिएको एसपी राजेन्द्रप्रसाद धमलाले वताए ।

पसलमा रहेको सिसि क्यामराको फुटेजका आधारमा पक्राउ परेका उनीहरुको साथवाट चोरी भएको साढे ५ लाख रुपैयाँ वरावरको नगद तथा रिचार्ज कार्ड समेत वरामद भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार राजविराज–७ गुदरीलाईन स्थित ओमप्रकाश साहको घरमा रहेको गणेश स्टोरमा सोमवार राती चोरी भएको थियो । पसलमा रहेको करिव १ लाख ५० हजार मुल्य वरावरको रिचार्ज कार्ड तथा नगद करिव ४ लाख गरी कुल ५ लाख ५० हजार वरावरको चोरी भएको जानकारी पछि अनुसन्धानका क्रममा चारै जना पक्राउ परेका हुन् ।

सनिया मण्डलले सोलारको पोलबाट घरमा पसेर गणेश स्टोरमा चोरी गरेको, वडा न. ४ की उनकै वहिनी ज्योती कुमारी मण्डल सहनीले चोरी गरी ल्याएको नगद मदिरा पसलमा लुकाएर राखेको, मो. समिम अन्सारीले मदिरा पसलमा राखेको पैसा खाल्डो खनेर गाड्न सहयोग गरेको र लाल मोहमद राईनले आफु बाहिर बसेर सनिया मण्डललाई चोरी गर्न सहयोग गरेको प्रहरीको आरोप छ ।

जिल्ला अदालत राजविराजवाट म्याद थप गराई उनीहरुको विषयमा थप अनुसन्धान गरीने एसपी धमलाले जानकारी दिए ।

भिडियो