• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

भारत निकासीका लागि तयार पारीएको ८२५ किलो हरियो मटर प्रहरीद्वारा नियन्त्रण

भारत निकासीका लागि तयार पारीएको ८२५ किलो हरियो मटर प्रहरीद्वारा नियन्त्रण

राजविराज, २३ भदौ । नेपालवाट भारतर्फ गैरकानुनी रुपमा निकासीका लागि तयार पारीएको ८२५ किलो हरियो मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका ८ स्थित पलारवाट प्रहरीले उक्त मटर वरामद गरेको हो । कोशी नदिको बगरमा काँश घारीमा लुकाई राखेको अवस्थामा ३३ वोरा हरियो मटर वरामद भएको ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

वरामद गरिएको करिव ५५ हजार मुल्य वरावरको मटर भन्सार कार्यालयमा वुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।