• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

वडा अध्यक्षको घर सरकारी जग्गामा बनेको आरोप, निर्माण रोकियो

वडा अध्यक्षको घर सरकारी जग्गामा बनेको आरोप, निर्माण रोकियो

बृजमान तामाङ्ग
बिरेन्द्रबजार, १९ भदौ । सप्तरीको रुपनी गाउँपालिका ६ का वडा अध्यक्ष गोबिन्द सिंह थापा मगरको घर निर्माण कार्य रोकिएको छ । करिब २ महिनादेखि बिबादका कारण अबरुद्ध घर निर्माण  कार्य बिहीबार शुरु गरिएपनि विपक्षीले बिरोध जनाएपछि निर्माण कार्य रोकिएको हो ।

घर निर्माण थालेपछि विपक्षीहरु लाठीसहित बिरोधमा उत्रिएका थिए । विपक्षीहरु आक्रमक रुपमा प्रस्तुत भएपछि वडा अध्यक्षका आफान्तहरु समेत तयारीकासाथ प्रतिकारमा उत्रिएकाले बिरेन्द्र बजार तनावग्रस्त भएको थियो । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सम्भाबित झडपलाई नियन्त्रणमा लिन सो क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीको उपस्थिति देखेपछि भिड तितरबितर भएको थियो । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले दुबैपक्षलाई जिल्ला प्रशासन कार्यालयमा शुक्रबार हाजिर हुन र जिल्ला प्रशासन कार्यालयमा छ्लफल नहुञ्जेल निर्माण कार्य रोक्न सहमत गराए पछि विवाद साम्य भएको थियोे ।

अध्यक्ष मगरले गाउँपालिकाको निर्णय बमोजिम घर निर्माण शुरु गरेको बताए । पुरानै घरको तला थप्ने काम समेत अबरोध गरेको उनले बताए । गाउँपालिकाले विवाद नमिले सम्म घर निर्माण नगर्न आदेश गरेपछी २ महिनादेखी भएपछि रोकिएको काम गत शुक्रबार फुकुवा भएपछि निर्माण कार्य शुरु गरेको वडा अध्यक्ष मगरले बताए ।

पुरानै घर भएकाले तला थप्न पाउनु पर्ने उनको अडान छ। विपक्षीले भने थप्न घर निर्माण भइरहेको जग्गाको धनिपूर्जा उनको नाममा भएपनी जग्गाको केही अंश सरकारी भएकाले जग्गा खाली गाराउन घर निर्माण रोकिएको बताएका छन।