• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कैदी र सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

सप्तरीमा कैदी र सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

राजविराज, १९ भदौ । सप्तरीमा शुक्रबार जिल्ला कारागारका ६ जना कैदी र २ जना सुरक्षाकर्मीसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार ३१, ३१, ५७, २६, २२ र उमेर नखुलेका एक जना पुरुष कैदीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी कारागार सुरक्षामा खटिएका २ जना प्रहरी र राजविराज ७ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि बिहीबार नेपाली सेनाको राजविराजस्थित भिम दल गणका ७ जनासहित २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ८ सय ५७ पुगेको छ भने मृतकको संख्या ८ छ ।