• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोरोनाका कारण सप्तरिमा थप २ को मृत्यु

राजविराज १९ भदौ । सप्तरीमा विहिबार कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । दुवैजनाको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज नगरपालिका ७ का ५० र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुअघि ५० बर्षीय पुरुषको राजविराजमा स्वाब लिइएको थियो ।

उपचारका क्रममा बिहीबार उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए । उनी राजविराजस्थित नेपाल टेलिकममा कार्यरत थिए ।

यस्तै केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराज ७ का ५५ वर्षीय पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेकोमा बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।