• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा बुधबार १५ जनालाई कोरोना संक्रमण

सप्तरीमा बुधबार १५ जनालाई कोरोना संक्रमण

राजविराज, १७ भदौ । सप्तरीमा बुधबार फेरी ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्टअनुसार राजविराज ४ का ३५ बर्षीय पुरुष तथा तिलाठी कोईलाडी गाउँपालिका ८ का ७५, ५५, २८ र २७ वर्षका पुरुषलाई कोरोना संक्रमण भएको हो ।

अस्पतालले कूल १ सय ११ जनाको रिपोर्ट सार्वजनिक गरेकोमा १ सय ६ जनाको रिपोर्ट नेगेटिभ छ ।

यसअघि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिपोर्ट अनुसार कंचनरुपमा १० जनालाई संक्रमण पुष्टि भएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ८ सय २३ पुगेको छ । संक्रमणका कारण ६ जनाको मृत्यू भएको छ भने ६ सय ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

२ सय १२ जना आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।