• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कञ्चनरुपमा एकैदिन थपिए १० जना कोरोना सङ्क्रमित

कञ्चनरुपमा एकैदिन थपिए १० जना कोरोना सङ्क्रमित

राजविराज, १७ भदौ। सप्तरिको कञ्चनरुप नगरपालिकामा बुधवार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जना क्वारेन्टाइन र ८ जना समुदायमा छन।

बुधवार कोरोना पुष्टि भएका मध्ये क्वारेन्टाइन बाहेक ५ जना एउटै परिवार र ३ जना उनिहरुका आफन्त तथा छिमेकी रहेको कन्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह सम्योजक डम्बर गुप्ताले बताए।

कन्चनरुप ६ को एउटै परिवारका ६० र ३० बर्सिया महिला तथा १३, १२ र १० बर्सका पुरुस छन। यसैगरी छिमेकिहरु ६२ र ३६ बर्सिय पुरुस तथा वडा नम्बर २ का ३७ बर्सिय पुरुसलाइ पनि सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।

करिब एक साता अघि एक पुरुसमा सङ्क्रमण पुष्टि भएपछी उनको परिवारसहित ८० जनाको स्वाव परिणक्षण गरिएको थियो। ती मध्ये ८ जनालाइ उनी मार्फत सङ्क्रमण फैलिएको आशङ्का छ।

समुदायमा कोरोना देखिएपछी वडा नम्बर ६ (सबिक धरमपुर ४) लाई शिल गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

यसैगरी सर्वोदय माबिको क्वारेन्टाइनमा रहेका २५ र २१ बर्सिय पुरुसको पनि रिपोर्ट पोजेटिभ आएको छ। कञ्चनरुपमा हालसम्म सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने ९ जना उपचारपछि डिस्चार्ज भएका छन।