• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

इप्रका कञ्चनपुरका सईलाई कोरोना, संक्रमित प्रहरीको संख्या ३८ पुग्यो

इप्रका कञ्चनपुरका सईलाई कोरोना, संक्रमित प्रहरीको संख्या ३८ पुग्यो

राजविराज, १६ भदौ । सप्तरीमा मंगलबार प्रहरी नायव निरीक्षक (सई)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्टमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ४५ बर्षीय पुरुष (सई)लाई कोरोना पुष्टि भएको हो । उनि सिरहाको धनगढी निवासी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो सहित जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत संक्रमित प्रहरीको संख्या ९ पुगेको छ । भने प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत कोरोना संक्रमित प्रहरीको संख्या २९ छ ।

यता जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ७ पुगेको छ । मंगलबार सार्वजनिक भएको १ सय १४ जनाको रिपोर्ट मध्ये १ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

मङ्गलबारसम्म ६०५ जना उपचारपछी डिस्चाज भएका छन भने कोरोना सङ्क्रमण भएर ६ जनाको मृत्यु भएको छ।

१९६ जना आइसोलेसनमा छन।