राजविराज, १५ भदौ। जिल्ला सुरक्षा समितिले सप्तरिका तीन स्थानिय तहमा निषेधाज्ञालाई निरन्तरता दिने र अन्य स्थानिय तहमा सर्तसहित हटाउने निर्णय गरेको छ।
सोमबार बसेको समितिको बैठकले तीन स्थानिय तहमा ७ दिनका लागि निषेधाज्ञा थप गर्नेसहितको निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरिका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए। राजविराज, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउपालिकामा निषेधाज्ञा जारी छ।