• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कञ्चनरुपमा एक युबकको मृत्यु, कोरोनाको आशंका

कञ्चनरुपमा एक युबकको मृत्यु, कोरोनाको आशंका

राजविराज, १५ भदौ। सप्तरीमा कोरोनाको लक्षण भएका एक युबकको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका १० बदगामाका २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उच्च ज्वरो र झाडापखालाको लक्षण देखिएका युवकको आइतवार साझ मृत्यु भएको नगरपालिकको स्वास्थ्य शाखाले जनाएको छ ।

उनलाई करिव एक सातादेखी ज्वरो र पखला लागेको थियो।

आइतबार अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । त्यहाँबाट बिराटनगर लादै गर्दा बाटोमा अबस्था थप बिग्रीएकाले सुनसरीको इनरुवा अस्पतालमा भर्ना गर्न लाग्दा राती सवा ८ बजे उनको मृत्यु भएको कञ्चनरुपको स्वास्थ्य शाखाका सहसंयोजक डम्बर गुप्ताले जानकारी दिए ।

युवकको शवलाई घर ल्याइएको छ। शब ब्यवस्थापनको तयारी भैरहेको उनले बताए । युबकलाइ कोरोना संक्रमण हुन सक्ने आशंकामा स्वाब सङ्कलन गरि परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ। उनको रेखदेख गरिरहेका आमा, भाइ र एकजना आफन्तको पनि स्वाब परिक्षणका लागि पठाइएको गुप्ताले जानकारी दिए।