• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरिमा २४ घन्टामा २३ संक्रमित

राजबिराज, १५ भदौ । सप्तरीमा शनिबार साझपछी २४ घन्टामा २३ जना कोरोनाका नया सङ्क्रमित थपिएका छन भने एक जनाको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिकाको एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ९ घर भएका ती परिवारको ११ जना एकै पटक संक्रमित पाइएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए ।

यो परिवारका एक जना पुरुष गाडी चालक छन् । ३२ बर्षीय उनको गत भदौ ६ गते धरानमा संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको परिवारका २५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

गत भदौ १० गते यी २५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको कोरोना प्रयोगशालामा परीक्षण गर्दा ७ महिलासहित ११ जना संक्रमित देखिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी वडा नम्बर ७ को एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत ९ भदौमा या परिवारका ३४ बर्षीय युवक कोरोना संक्रमित भएका थिए ।

उनको कन्ट्याक्ट ट्रेसिङको आधारमा उनको परिवारको १० भदौमा स्वाब संकलन गर्दा थप दुई जना पोजेटिभ देखिएको स्वास्थ्य संयोजक यादवले बताए ।

उनका अनुसार संक्रमित युवकको परिवारका २७ बर्षीय र २१ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै वडा नम्बर ६ का ४० बर्सिय पुरुस, वडा नम्बर ९ का २७ बर्सिय पुरुस पनि कोरोना पोजेटिभ भएको नगरपालिकाले जनाएको छ।

यसैगरी राजबिराज २ कि ५५ बर्सिया महिला, वडा नम्बर ४ का ३८ बर्सिय, वडा नम्बर ७ का १८ र २८ बर्सिय तथा महादेवा गाउपालिका ६ का ३३ बर्सिय पुरुसको रिपोर्ट पोजेटिभ आएको छ। जस मध्य ५५ बर्सिया महिलाको मृत्यु भइसकेको छ।

गजेन्द्रनारायण सिङ्ह अस्पतालले आइतबार २३५ जनाको रिपोर्ट सार्बजनिक गरेको थियो।

यस्तै बिपि कोइराला स्वास्थ विग्यान प्रतिस्ठान धरानको रिपोर्ट अनुसार कन्चनरुप नगरपालिका ६ का ४२ बर्सिय पुरुस कोरोना सङ्क्रमित भएका छन।