• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरिमा कोरोनाका कारण थप एकको मृत्यु, मृतकको सङ्ख्या ६ पुग्यो

सप्तरिमा कोरोनाका कारण थप एकको मृत्यु, मृतकको सङ्ख्या ६ पुग्यो
राजबिराज, १४ भदौ। सप्तरीमा कोरोना संक्रमणक कारण थप एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका २ की ५५ वष्यििा महिलाको कारोना संक्रमणका कारण मृत्यु भएको हो।
दुई/तिन दिनदेखि ज्वरो तथा रुघाखोकीको समस्या देखिएपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। भदौ ११ गते स्वाव कलेक्शन गरी परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको छ । उपचारकै क्रममा शनिवार उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा राती करिव ९ वजे उनको वाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यश अघि भदौ ५ गते राजबिराज ७ का ७७ बर्सिय पुरुसको ग्रान्डी अस्पताल काटमान्डौमा मृत्यु भएको थियो। उनी प्रोस्टेड रोगले पिडित थिए।
यस्तै भदौ २ गते राजबिराज ४ का २८ बर्सिय पुरुस, साउन २७ गते डाकनेस्वरी नगरपालिका घर भइ राजबिराज ६ बस्ने ७९ बर्सिय पुरुस, साउन २० गते रुपनी गाउपालिका ५ का ४५ बर्सिय पुरुस र साउन १ गते राजबिराज ६ का ७३ बर्सिय पुरुसको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो।