Top_Header_Right_Add

राष्ट्रिय सभा सदस्य सिंहद्वारा शनि मन्दिर पुग्न भक्तजनमा हुने समस्या प्रति चासो

राष्ट्रिय सभा सदस्य सिंहद्वारा शनि मन्दिर पुग्न भक्तजनमा हुने समस्या प्रति चासो
बिरेन्द्र बजार, १३ भदौ। राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंहले सप्तरीको रुपनी गाउपालिका ६ स्थित पर्यटकीय क्षेत्र शनि मन्दिर पुग्न भक्तजनले खेप्दै आएको समस्या प्रति चासो ब्यक्त गरेका छन। आइतबार मन्दिर दर्शन गर्न पुगेका सिंहले यस्तो चासो व्यक्त गरेका हुन् । राष्ट्रिय सरोकार समवन्य समितिका सदस्य समेत रहेका सिंहले हजारौं भक्तजनहरुको आगवन हुने स्थलमा बाटोको पहुँच नहुनु दुःखद् भएको बताए ।
खोलाको बाटो वर्षा महिनामा भक्तजनहरुलाई कठिनाई हुन नदिन बैकल्पिक मार्गको लागि पहल गर्ने उनेले प्रतिबद्वता व्यक्त गरे । साँसद सिंहले शनिदेवसम्म जाने बाटो निर्माणका लागि स्थानीय सरकार र सरोकारवालाहरुले सक्रियता देखाउनु पर्ने सुझाव समेत दिए । सिंहले बिरेन्द्र बजारमा अगुवा कार्यकर्तासँग भेटघाट गरि स्थानीय स्तरमा भएको समस्या बारे जानकारी समेत लिएका छ्न ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै सिंहले स्थानीय स्तरको समस्या बारे जानकारी गराएको भन्दै नेता कार्यकर्ताहरुलाई धन्यवाद दिए । उनले नेताकार्यकर्ताद्वारा राखेको स्थानीय समस्या राष्ट्रिय सभा र राष्ट्रिय सरोकार समवन्य समितिमा उठाउने प्रतिबद्वता समेत व्यक्त गरे । साँसद सिंहले बिकासको काममा उदारता देखाउँदै काम गर्ने बाताबरण बानाईदिनु पर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टीका नेता सूर्यनाथ यादवले लकडाउनको बिकल्प खोज्नु पर्नेमा जोड दिए । लकडाउनले थप समस्या उत्पन्न गरेको जिकिर गर्दै सामाजिक दुरी कायम गर्दै सुरक्षा अपनाई सबै गतिविधि सुचारु गर्नुपर्ने उनले बताए । मान्छेलाई थुनेर राख्नु समस्या समाधान होईन भन्दै यादवले कोरोना विरुद्ध लड्न लकडाउनको विकल्पमा जनजागरण गराउनु आबश्यक भएको बताए ।
उनले सुरक्षा अपनाउँदै कोरोना बिरुद्ध लड्न अगुवा नेताकार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा अग्निसाईर कृष्णासवरन र रुपनी गाउँपालिकामा खोला नालाले ल्याएको समस्या र विभिन्न बेतिथिको र निकास बारे अगुवा कार्यकर्ताले धारणा राखेका  थिए ।
अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका सहमाहासचिव गजेन्द्र कुमार मण्डल, तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहलगायत समाजवादी पार्टी सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, उपाध्यक्ष  तेज नारायण यादव, युवा नेता धर्मो साह, कैलाश लौगी, मुकेश कर्ण, तिलाठी कोईलाडी गापा वडा नम्बर ४ का वडा अध्यक्ष गोपि मण्डल,  रुपनी र अग्निसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गतका जसपाका केन्द्रिय, प्रदेश जिल्ला तहका नेता तथा कार्यकर्ता साथै भात्री संगठनका पदाधिकारी र जनप्रतिनिधि हरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन प्रेस नेपाल सप्तरीका कार्यबाहक अध्यक्ष बृजमान तामाङले गरेका थिए ।
Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer