• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा दुई सय ५४ जनाको रिपोर्ट नेगेटिभ, एक जना पोजेटिभ

सप्तरीमा दुई सय ५४ जनाको रिपोर्ट नेगेटिभ, एक जना पोजेटिभ

राजविराज, १२ भदौ। सप्तरीमा शुुक्रवार १ जना कोरोना संक्रमित थपिएका छन्।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्ट अनुसार तिलाठि कोईलाडि गाउँपालिका ३ का ४२ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालले विहिवार साँझ र शुक्रवार २५५ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो। जसमा १ जना पोजेटिभ र अन्य २५४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ७७५ पुगेको छ । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ५७६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

१९३ जना आईसोलेसनमा रहेको कार्यालयका कर्मचारी नारायण राउतले जानकारी दिए।