• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा थप १७ जनालाई कोरोना संक्रमण

सप्तरीमा थप १७ जनालाई कोरोना संक्रमण

राजविराज, ११ भदौ । सप्तरीमा १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालले विहिवार र वुधवार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

विहिवार राजविराज ४ का २८ वर्षिया महिला, तिलाठि कोईलाडि ६ का ४६ वर्षिय पुरुष तथा वडा नं. ७ का ५६ र ६० वर्षिय पुरुष र ४५ वर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी वुधवार साँझ सार्वजनिक भएको रिपोर्ट अनुसार राजविराज ७ का ५७ र ४३ वर्षिय पुरुष, वडा नं. १ का ६० वर्षिय पुरुष, वडा नं. ४ का २२ वर्षिया महिला तथा २२, २९ र ७७ वर्षिय पुरुष, वडा नं. ६ का २३, ४१ र ५७ वर्षिया महिला तथा २३ र २५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

अस्पतालले वुधवार साँझ र विहिवार गरी कुल २५१ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७७४ पुगेको छ। जसमध्ये विहिवार दिउँसोसम्म ५४४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

साईकृष्ण मेडिकल कलेज, तिलाठि कोईलाडि र होम आईसोलेसन गरी जम्मा २२० जना उपचारका क्रममा रहेको निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए ।