• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा वुधवार थपिए २० जना कोरोना संक्रमित

सप्तरीमा वुधवार थपिए २० जना कोरोना संक्रमित

राजविराज, १० भदौ । सप्तरीमा वुधवार २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्ट अनुसार उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

राजविराज ४ का ३० वर्षिय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १ का ५५, १५ र १४ वर्षिया महिला, ३५, २२, ६० र ४५ वर्षिय पुरुष वडा नं. १० का १७, ५४, १६, ३०, ६६, ४३, ५५ र ३० वर्षिय पुरुष, वडा नं. १२ का ३१, ३१ र ३८ वर्षिय पुरुष तथा वडा नं. २ का २५ पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

अस्पतालले वुधवार सप्तरीका कुल ९९ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । अन्य ७९ जनाको रिपोर्ट नेगेटिभ छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७५७ पुगेको छ। जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ५४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। वाँकी आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।